मुक्तिनाथको हकप्रद सेयर भदौ १२ बाट खुल्ने, बुक क्लोज कहिले ?


Nepali Paisa 2076-4-29


Nepali Paisa

काठमाडौं : मुक्तिनाथ विकास बैंकले भदौ १२ गतेदखि २०% हकप्रद सेयर निष्कासन खुला गर्ने भएको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँ दरले ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँँ बराबरको ६१ लाख २९ हजार ५२० कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । यसका लागि बैंकले साउन ३१ गते शुक्रबार बुक क्लोज गर्ने भएको छ । यसर्थ, साउन ३० गते बिहीबार सम्म कायम रहने सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन् ।
रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ दिएको छ । बिक्री प्रबन्धकको काम भिबोर क्यापिटलले गर्नेछ । यस हकप्रदमा असोज १५ गते सम्म आवेदन दिन सकिनेछ ।बैंकले हकप्रदबाट प्राप्त भएको रकम राष्ट्र बैंकको प्रावधान अनुसार मौज्दात कायम गर्न, कर्जा लागनी, शाखा विस्तार, सरकारी ऋणपत्र जस्ता क्षेत्रमा खर्च गर्नेछ ।

Read More
  • Financial Notices