एनआईसी एशियाले ल्यायो चार्डपर्व लक्षित योजना


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
एनआईसी एशियाले ल्यायो चार्डपर्व लक्षित योजना

एनआईसी एशिया बैंकले ग्राहको लागि रेमिटको चाडपर्व योजना संचालनमा ल्याएको छ । यो योजना अन्तर्गत नेपालभित्र एक पटक रकम पठाउँदा अर्को पटक सित्तैमा पठाउन पाउने व्यवस्था बैंकले गरेको छ । यो योजना २०७६ साल भाद्र १ देखि आश्विन ३० गतेसम्म लागू हुनेछ ।

बैंकले आगामी चाडपर्वको अवसरलाई ध्यानमा राख्दै एक ठाउँबाट अर्काे ठाउँमा रकम पठाउँदा हरेक दोस्रो कारोबार सित्तैमा गर्न पाउने सुविधा प्रदान गरेको हो ।

उक्त विप्रेषण रकम यस बैंकका देशभर फैलिएको २९५ शाखा कार्यालयहरु, ५७ वटा एक्सटेन्सन काउण्टर, ४१ वटा शाखारहित बैंकिङ्ग इकाई एवं ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरुमार्फत् सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने बताएको छ ।

Read More
  • MBL