Kantipur Daily
2076-4-29
इलाम — नौ महिनाको अवधिमा ७६ जना पीडितले मात्र ‘भूकम्प पीडितहरूको निजी आवास निर्माण कर्जा’ पाएका छन् । आर्थिक अभावका कारण घर बनाउन नसकेका भूकम्पपीडितका लागि सरकारले सहुलियतपूर्ण ऋणको व्यवस्था गरेको थियो । यसलाई कार्यान्वयनका लागि राष्ट्र बैंकले गत असोजमा निर्देशन जारी गरेको थियो ।
गत जेठसम्म ७६ पीडितले कुल २ करोड १८ लाख ७० हजार रुपैयाँ बराबर ऋण स्वीकृत भएको छ। सोही अवधिमा कुल २ करोड ७३ हजार रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ।