बैंकलाई ब्रोकर लाईसेन्स रोक्ने आशय सहित संसदको अर्थ समितिले बनायो उपसमिति


Mero Lagani 2076-4-29


Mero Lagani

संसदको अर्थ समितिले वाणिज्य बैंकको सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स वितरणमा बाधा पुग्ने गरी अध्ययनका लागि भन्दै उपसमिति गठन गरेको छ।

अर्थ समितिको आज बसेको बैठकले सांसद रामकुमारी झाक्रीको संयोजकत्वमा उपसमिति गठन गरेर अध्ययन गर्ने निर्णय गरेको हो। उपसमितिलाई दुई महिनाको समय दिईएको छ। समितिमा पाँच सांसद छन्।

अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले बैंकलाई ब्रोकर लाईसेन्स वितरण रोक्न वा दिन उपसमिति गठन नभएको दाबी गर्दै के भएको हो भन्ने अध्ययन गर्न मात्र समिति गठना गरिएको बैठकमा बताए।

अर्थ समितिका सभापति दाहालले पत्रकारहरुसँग कुरा गर्दै उपसमितिको अध्ययन अवधि दुई महिनासम्म ब्रोकर लाईसेन्स रोकिनसक्ने बताए । उनले समितिको बैठक बसेर निर्णय नगरेसम्म लाईसेन्स वितरण प्रक्रिया अगाडि नबढ्ने बताए । 

View detail