स्टान्डर्ड चाटर्ड बैंकको नाफा साढे २ अर्ब, लाभांश क्षमता कति ?


Bizpati 2076-4-29


Bizpati

स्टान्डर्ड चाटर्ड बैंक Standard Chartered Bank Nepal Limited ले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । आर्थिक बर्षको चौथो त्रैमास सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले दुई अर्ब ४९ करोड ५३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्ष ०७४/७५ को सोही अवधिमा बैंकले दुई अर्ब १८ करोड ९८ लाख खुद मुनाफा कमाएकोमा गत आर्थिक बर्षमा बैंकको नाफा १३.९५ प्रतिशतले बढेको हो । 

अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा भने एक अर्ब ८० करोड २४ लाख रुपैयाँ रहेको छ । यस हिसाबले बैंकले करिब २२ प्रतिशतसम्म लाभांश दिन सक्ने देखिन्छ । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको रकम विनियोजन गरेपश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयर धनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ । तर नियामकीय पुनरावलोकनमा र थप प्रोभिजन तथा विगतको संचित र लेखापरिक्षण पछिको मुनाफामा तलमाथि भएमा वितरणयोग्य मुनाफाको आधारमा वास्तविक लाभांश क्षमता फरक पर्न सक्नेछ ।

बैंकको खुद ब्याज आम्दानी ६.८३ प्रतिशतले बढेर ३ अर्ब ५२ करोड ३१ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब २९ करोड ८० लाख थियो । हाल बैंकको चुक्ता पुँजी आठ  अर्ब एक करोड १४ लाख रुपैयाँ रहेको छ । भने जगेडा कोष पाँच अर्ब १७ करोड २८ लाख रुपैयाँ रहेको छ । 

..........

Read More
  • Financial Notices