अन्तरशाखा कारोबार शुल्क हटाउन राष्ट्र बैंकलाई लेखा समितिको निर्देशन


Setopati 2076-4-28


Setopati

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले बैंकिङ कारोबार गर्दा लाग्ने एबीबीएस (अन्तरशाखा) शुल्क हटाउन राष्ट्र बैंकलाई निर्देशन दिएको छ।

बैंकहरुले अहिले एउटा शाखामा खाता खोलेर अर्को शाखाबाट कारोबार गर्दा शुल्क लिँदै आएका छन्। लेखा समितिले शुल्कको व्यवस्थाबारे राष्ट्र बैंकका गभर्नरसँग केही दिन छलफल गरेको थियो।

छलफलपछि लेखा समितिले स्पष्ट रुपमा एबीबीएस शुल्क हटाउन निर्देशन दिएको हो। त्यस्तै, लेखा समितिले खाता खोल्दा राखिएको न्यूनतम् रकमभन्दा कम रकम भए कुनै रकम कट्टा नगर्न समेत निर्देशन दिएको छ।

View detail