वित्तिय संस्थाको विकृती नियन्त्रण चाँडै हुन्छ : मन्त्री अर्याल


News24 Nepal 2076-4-28


News24 Nepal

​​​​​​काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले वित्तिय संस्थामा मौलाउदै गरेको विकृति नियन्त्रण गर्ने दिशातर्फ जानुपर्ने बताउनुभएको छ । स्वावलम्बन विकास केन्द्रको २८ औं वार्षिकोत्सब तथा उद्यमशीलता विकास पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।

लघुवित्त संस्था र सहकारीको प्रकृती उस्तैउस्तै भएको भन्दै मन्त्री अर्यालले संस्था ठूलो बन्दै जाँदा झन राम्रो हुनुपर्नेमा केही समस्याहरु उत्पन्न हुदै गएको बताउनुभयो । तर त्यसलाई सिस्टमबाटै नियन्त्रण गरिने बताउनुभयो ।

‘संस्था ठूलो भएपछि र हाम्रा मानसिकताहरु विकृत बन्न थालेपछि विधि, विधानले नै समात्ने हो । त्यो भन्दा अर्को विकल्प नै छैन’, मन्त्री अर्यालले भन्नुभयो, ‘अब सिस्टमबाटै समस्या ति समस्याको समाधान गर्ने हो । हामीले अवलम्बन गरेका विधिविधानमा केही समस्या छ भने त्यसलाई सच्याउ ।’

Read More
  • Financial Notices