सूर्या लाइफको बोनस सूचीकृत


Mero Lagani 2076-4-28


Mero Lagani

सूर्या लाइफ इन्स्योरेन्स (SLICL) को बोनस साउन २८ गते मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले १३ लाख ५८ हजार २८० कित्ता बोनस शेयर दोस्रोबजारमा कारोबार गर्न मिल्नेगरी मंगलबार सूचीकरण गरेको हो।

सूर्या लाइफको गत असार ११ गते सम्पन्न एघारौं वार्षिक साधारण सभाबाट चुक्ता पूँजी एक अर्ब १३ करोड १९ लाख रुपैयाँ बराबरको १२ प्रतिशतले हुन आउने १३ करोड ५८ लाख २८ हजार रुपैयाँ बराबरको बोनस पारित भएको थियो।

साधारण सभाका लागि जेठ २८ गते बुकक्लोज गरेकाले सोभन्दा अघिल्लो दिनसम्म कायम रहेका कम्पनीका शेयरधनीले उक्त बोनस पाउनेछन्।

Read More
  • Financial Notices