अधिकांश सूचकहरुमा सुधार गर्दै गरिमा विकास बैंकले कमायो ५९ करोड २२ लाख रुपैयाँ, १६% लाभांश दिनसक्ने क्षमता !


Artha Sarokar 2076-4-28


Artha Sarokar

 

काठमाडौं - गरिमा विकास बैंकले आर्थिक वर्ष २०७५/७६ को चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले यस त्रैमासमा अधिकांश सूचकमा सुधार भएको छ । बैंकले यो चौथौ त्रैमासमा खुद नाफा २६.३२%ले वृद्धि गरेर ५९ करोड २२ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष यसै अवधिमा बैंकले ४६ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा ४५ करोड ३१ लाख १२ हजार रुपैयाँ रहेको छ। यसबाट बैंकले शेयरधनीलाई १६ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने क्षमता रहेको छ।

 

यस्तै, बैंकको खुद ब्याज आम्दानी ३७.६४% ले र ३१.८४% ले बढेको छ । बैंकको खुद ब्याज आम्दानी १ अर्व ४० करोड ५२ लाख ५४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले खुद ब्याज आम्दानी १ अर्व २ करोड ९ लाख २१ हजार रुपैयाँ आर्जन गरेको थियो । यता, सञ्चालन नाफा ६४ करोड ९७ लाख ५० हजार रुपैयाँबाट बढाएर ८५ करोड ६६ लाख ६१ हजार रुपैयाँ पुर्याएको छ ।    

Read More
  • Financial Notices