“लुम्बिनी विकास बैंक लिमिटेडको ११औं वार्षिक साधारण सभा सम्पन्न”


Financial Notices 2076-4-28


Financial Notices

राष्ट्रिय स्तरको विकास बैंककोे रुपमा स्थापित यस लुम्विनी विकास बैंक लि. को आज मिति २०७६ साल श्रावण २८ गते ११ औं वार्षिक साधारण सभा यस विकास बैंकका अध्यक्ष श्री शुशिलराज पराजुलीको अध्यक्षतामा सम्पन्न भयो ।

यस साधारण सभाद्धारा संचालक समितिको तर्फबाट अध्यक्षज्यूको प्रतिवेदन, आ.व २०७५ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव र सोही अवधीको नगद प्रवाहको विवरण लगायतका अनुसूचीहरु पारित भयो ।

यस साधारण सभाले आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको १७.०७ प्रतिशत वोनस शेयर वितरण गर्ने निर्णय समेत पारित गर्यो । उक्त बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २ अर्ब ५८ करोड ६९ लाख पुगेको छ ।

यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ देशभरका ६५ शाखाहरु र १३ वटा एटिएमबाट आफ्ना करिब २ लाख ४० हजार ग्राहक महानुभावहरुलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधिसहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले २०७६ असार मसान्तसम्ममा २४ अर्ब ८० करोड निक्षेप संकलन गरी २२ अर्ब ७६ करोड कर्जा प्रवाह गर्नुका साथै आ.व. २०७५÷०७६ को आषाढ मसान्तसम्ममाको अपरिष्कृत वित्तीय विवरण अनुसार वोनस र कर अघि ९३ करोड ६० लाख मुनाफा आर्जन गर्न सफल भएको छ । हाल बैंकले आफ्ना ग्राहकहरुलाई निशुःल्क डेविट कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपालभित्रका कुनै पनि बैंकका भिजा नेटवर्कबाट रकम झिक्दा कुनै पनि अतिरिक्त शुल्क नलाग्ने व्यवस्था मिलाएको छ ।

View detail