एनसीसी बैंक : कम्पनी विश्लेषण (मंगलवार, २८ साउन २०७६)


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
एनसीसी बैंक : कम्पनी विश्लेषण (मंगलवार, २८ साउन २०७६)

एनसीसी बैंकले विगत २ आर्थिक वर्षको संयुक्त साधारणसभा भदौ २३ गते आयोजना गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले तोकेबमोजिम चुक्ता पूँजी कायम गर्न बैंकले बोनस शेयर वितरणको प्रस्ताव गरेको छ । आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी रू. ७ अर्ब १ करोड ८५ लाख ८७ हजारको आधारमा १५ दशमलव ८९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८३ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । उक्त सभाले संस्थापकबाट ३ जना र सर्वसाधारणबाट १ जना महिलासहित ६ जना सञ्चालकको निर्वाचन समेत गर्नेछ । सभाले बैंकको सहायक कम्पनी स्थापना गरी धितोपत्र दलाल व्यवसायीको काम गर्ने र बैंक अन्य उपयुक्त बैंकसँग गाभ्ने वा गाभिने तथा प्राप्त गर्ने सम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी दिनेछ । बोनस शेयर वितरण गरेपछि कम्पनीको चुक्ता पूँजी रू. ८ अर्ब १३ करोड ३८ लाख ४० हजार पुग्नेछ । सोमवारको कारोबारमा कम्पनीको अन्तिम शेयरमूल्य रू. २०७ कायम भएको छ ।

Read More
  • MBL