नेपाल एसबिआई बैंकले पाँच वर्ष पुरानो रकम लिन बोलायो


Aarthik Abhiyan 2076-4-27


Aarthik Abhiyan

साउन २७, काठमाडौं (अस) । नेपाल एसबिआई बैंकले पाँच वर्ष पुरानो विभिन्न शीर्षकका रकम फिर्ता लिन शेयर लगानीकर्ताहरुलाई आग्रह गरेको छ । बैंकले विभिन्न वार्षिक साधारण सभाबाट पारित नगद लाभांश पाँच वर्ष वितिसक्दा समेत संकलन गर्न नआएकाले लगानीकर्ता संरक्षण कोषमा पठाई सकेको छ ।

 पाँच वर्ष पुरानो भुक्तानी हुन बाँकी लाभांश तथा विभिन्न मितिमा बैंकको शेयर खरीदका लागि निवेदन पेश गर्दा शेयर नपरेको रकम समेत कतिपय लगानीकर्ताहरुले फिर्ता नलिनएको बैंकको भनाइ छ । यसर्थ यी रकम भुक्तानी लिन बाँकी रहेका सदस्यहरुले शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडमा सम्पर्क राख्न बैंकले अनुरोध गरेको छ ।

Read More
  • Financial Notices