Exclusive: रिलायबल नेपाल लाइफ इन्स्योरेन्सभित्र काण्डै काण्ड, नामदेखि कामसम्म विवादै विवाद (भिडियो)


Artha Sarokar 2076-4-27


Artha Sarokar

काठमाडौँ । रिलायबल लाइफ इन्स्योरेन्स उर्फ रिलायबल नेपाल लाइफ इन्स्योरेन्स । इन्स्योरेन्सको नाम सुन्दै अरु कसैको ब्राण्ड खोस्न खोजेको भान हुने नाम । रिलायबल दर्ता हुनुअगावै थुप्रै बर्ष अघिदखि नेपाल लाइफ इन्स्योरेन्स संचालनमा छ र नेपाल लाइफले राम्रो व्यापार गरिरहेको छ बजारमा । लाइफ इन्स्योरेन्समा नम्बर वान नेपाललाइफको ब्राण्डको दुरुपयोग गर्दै नाम दर्ता भएको छ । कम्पनी ऐन २०६३ले स्पष्ट भन्छ, २५ प्रतिशतभन्दा बढी नाम मिल्यो भने उक्त कम्पनीको नाम स्वीकृत हुँदैन । तर ठुला घरानाले लगानी गरेको कम्पनी भएपछी कसले कानुन हेर्ने ? यसो त कम्पनी ट्रेडमार्क कानुन विपरित पनि गएको छ । नेपाल लाइफ इन्स्योरेन्सको नाम ट्रेडमार्कमा दर्तासमेत भइसकेको अवस्थामा कम्पनीले यसरी गलत नाम दर्ता गरेर जनता झुक्याउने काम गरेको छ ।
'नामले के नै हुन्छ र ?' तपाईंको प्रश्न हुन सक्छ । तर घटना र आरोप यस्ता पनि छन् कि रिलायबल नेपाल लाइफ इन्स्योरेन्स्का अभिकर्ताहरुले रिलायबललाई नेपाल लाइफ फुटेको समेत भन्न भ्याएका छन्। यसरी अरुको ब्राण्डको चर्को दुरुपयोग गरिरहेको छ रिलायबलले । कम्पनीले यतिसम्म चलाखी गरेको छ कि लोगोमा उसले रिलायबल लाइफ इन्स्योरेन्स मात्र राखेको छ तर आफ्नै सम्पूर्ण कागजी कामकाजमा रिलाबल नेपाल लाइफ इन्स्योरेन्सको नाम झुन्डाएर सोझा वीमा कर्तालाई झुक्याउन खोजेको छ । अझ मुख्य कुरा त उसको नाम नै कम्पनी ऐन २०६३ र ट्रेडमार्क कानुन अनुसार गैरकानुनी छ ।

Read More
  • Financial Notices