सनराइजलाई मर्जरमा जानपर्ने आवश्यकता छैन


Karobar Daily 2076-4-27


Karobar Daily

सनराइज बैंकलाई फरक बनाएर चिनाउने योजनामा रहेका जनक शर्मा पौड्यालले केही साताअघि मात्र बैंकको व्यवस्थापनको नेतृत्व सम्हालेका छन् । यसभन्दा अघि ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी भइसकेका पौड्यालले बैंकिङ क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभवसहित करिब ३२ वर्ष बिताइसकेका छन् । नबिल बैंकदेखि बैंकिङ क्षेत्रमा जोडिएका पौड्यालसँग तत्कालीन एनआईसी बैंक स्थापना कालदेखि काम गरेको अनुभव छ । त्यसो त पौड्यालसँग लक्ष्मी बैंक स्थापनाको अनुभव पनि छ । नबिल बैंकमा मात्रै करिब ११ वर्ष बिताएका पौड्यालले ग्लोबल आईएमई बैंकमा पनि करिब १२ वर्ष बिताइसकेका छन् । बेलायतबाट एक्सलेरेटेड प्रोग्रामअन्तर्गत व्यावसायिक प्रशासनमा स्नातकोत्तर उत्तीर्ण गरेका र बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा धेरै बिताएका पौड्यालले सनराइज बैंकलाई नेपाली माटोसँग चिरपरिचित बनाउने योजना रहेको बताउँछन् । नेपाल कृषिप्रधान देश भएकाले पनि कृषिका लागि लगानी गर्नुपर्ने उनको तर्क छ । सनराइज बैंकले नेपाल राष्ट्र बैंकले तोकेभन्दा धेरै कुल कर्जाको १२ प्रतिशत कृषिमा लगानी गरेको भए पनि पछिल्ला दिनमा पनि कृषक खोज्दै हिँडेको बताउँछन् । सनराइज बैंकले झण्डै ३ अर्ब रुपैयाँ अर्थात् कुल कर्जाको ३ प्रतिशत प्रत्यक्ष रूपमा विपन्न वर्ग कर्जामा लगानी गरेको बताउने पौड्याल क्रमिक रूपमा यो वर्ष ४ र अर्को वर्ष ५ प्रतिशत पु-याउने योजनामा रहेको बताउँछन् । विगत तीन वर्षदेखि बैंकिङ प्रणालीमा कर्जा लगानीयोग्य रकमको अभावको समस्या समाधान गर्ने प्रयास गर्दै चालू आर्थिक वर्षको मौद्रिक नीति आएको उनको विश्लेषण छ । अहिले बैंकिङ प्रणालीमा कर्जा लगानीयोग्य रकम तथा उच्च ब्याजदरको समस्या देखिए भनेको सुनिए पनि समस्या ब्याजदरका नभएको उनको तर्क छ । बैंकहरूको कर्जा लगानी गर्ने क्षमताअनुसारको लगानी विस्तार गर्नका लागि अझै केही वर्ष लाग्ने बताउने पौड्यालसँग कारोबारकर्मी भुवन पौडेलले गरेको कुराकानी :

पछिल्लो समयमा सनराइज बैंकको सञ्चालक समितिमा विवाद आएको थियो, अहिलेको अवस्था कस्तो छ ?

सनराइज बैंकको सन्दर्भमा कुरा गर्दा पछिल्लो समयमा धेरै बलियो हार्मोनी देखिन्छ । बैंक आफैमा सबल संस्थाको रूपमा परिचित छ । सनराइज बैंकमा अन्तर्राष्ट्रियस्तरको बैंकमा हुनुपर्ने पूर्वाधार सुरुवात भइसकेको छ । यसका आधारमा आगामी दिन सनराइज बैंक अझै उत्कृष्ट बैंक बन्नेमा शंका छैन । बैंकको संस्थागत सुशासनको दृष्टिकोणबाट पनि धेरै उत्कृष्ट रहेको मैले पाएँ । त्यसका साथै बैंकले नीति नियमको पालनामा पनि पूर्णरूपमा पालना गर्दै आएको देखिन्छ । समग्रमा भन्नुपर्दा सनराइज बैंक अन्तर्राष्ट्रियस्तरको बैंक भन्न लायक छ ।
विगतका कुरामा जान त्यति उपयुक्त नहोला । त्यसका साथै म यो संस्थासँग नजोडिएको समयमा भएको हुनाले धेरै जानकारी पनि मलाई छैन । पछिल्लो समयमा मसँग बैंकको व्यवस्थापनको नेतृत्व सम्हाल्ने सन्दर्भमा कुरा भयो । त्यो समयमा मेरो अन्य बैंकमा जाने सन्दर्भमा पनि कुरा भइराखेको थियो । तर, कतै पनि निश्चित भएको थिएन । कुरा हुँदै जाँदा दुवै पक्षको सहमति भएपछि मैले बैंकको जिम्मेवारी सम्हालेको छु । राम्रो संस्थागत सुशासनको अभ्यासको सन्दर्भमा यो बैंक उत्कृष्ट लागेको छ । केही समयअघि प्रमुख कार्यकारी अधिकृतको नियुक्तिको विषयलाई लिएर बाहिर आएको सन्देशको कुरामा जे भयो त्यो त्यति राम्रो त होइन । त्यसले कसैलाई पनि फाइदा गर्दैन । त्यसैलाई आधार बनाएर बैंकलाई हेर्न पटक्कै मिल्दैन । सञ्चालक समितिको कुनै प्रकारको हस्तक्षेप वा अफ्ठ्यारो मलाई महसुस भएको छैन । नेपाललगायत बेलायतमा मैलै जति पनि बैंकिङ क्षेत्रको विषयमा सिकेका नयाँ कुरालाई आफ्नो ढंगले कार्यान्वयन गरेर बैंकलाई अझै व्यावसायिक र सबल बनाएर अघि बढाउने मौका मिलेको छ । त्यसमा म पूर्णरूपमा स्वतन्त्र छु । 

चालू आवका लागि नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति आउँदा उत्साहित भएका बैंकहरू नीतिसँग सम्बन्धित निर्देशन आएपछि निरास भएको देखिन्छ । निरास नै हुनुपर्ने कारण के हो ?

.........

View detail