शिखर इन्सुरेन्सले ३०% हकप्रद जारी गर्ने, मर्जमा जान पनि सक्ने


Nepali Paisa 2076-4-26


Nepali Paisa

काठमाडौं : शिखर इन्सुरेन्सको आर्थिक वर्ष २०७४।७५ को वार्षिक साधारण सभा मंगलबार (साउन २८ गते) हुँदैछ । लाभांश वितरण नगर्ने घोषणा गरेको शिखरले ३०% हकप्रद सेयर जारी गर्ने मुख्य एजेन्डा पेश गर्दैछ । कम्पनीले हाल कायम चुक्ता पुँजीबाट ३०% हकप्रद सेयर जारी गर्न लागेको हो ।

साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय, शिखर बिज सेन्टर थापाथली काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि शिखरले साउन १५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । साउन १४ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् ।

Read More
  • Financial Notices