०.२५% ब्याज अन्तरले हिमालयन बैंकको ऋणपत्र बिक्रीमा समस्या


Bizshala 2076-4-26


Bizshala

काठमाण्डौ । बजारमा आएका ऋणपत्रको तुलनामा केही थोरै ब्याजदर रहेका कारण हिमालयन बैंकको ऋणपत्र खरीद गर्ने लगानीकर्ता अपेक्षाभन्दा कम देखिएका छन् । ऋणपत्र खरीदका लागि आवेदन दिने समय अब ५ दिन मात्रै बाँकी छँदा समेत यो बैंकको ऋणपत्र १४ प्रतिशत भन्दा केही बढी मात्र बिक्री हुन सकेको हो । 

यो बैंकले साउन २ गतेदेखि निश्कासन गरेको ऋणपत्रमा २४ दिनको अवधिसम्म पनि निकै न्यून मात्र आवेदन परेको हो । 

यो अवधिसम्म सर्वसाधारणका लागि सुरक्षित गरिएको युनिटमध्ये १४ प्रतिशत भन्दा केही बढी यूनिट मात्र बिक्री भएको हो । 

निश्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलका अनुसार आइतबार ११ बजेसम्म हिमालयन बैंकको ऋणपत्र खरीदका लागि ८२२ जनाले मात्र आवेदन दिएका छन् । कुल १ लाख ६२ हजार ७०४ युनिट खरीदका लागि मात्र आवेदन परेको छ ।

Read More
  • Financial Notices