एनएमबिले लाभांश लिन बोलायो : १० वर्ष अघिको निक्षेप पनि लैजानुस्


Nepali Paisa 2076-4-26


Nepali Paisa

काठमाडौं : एनएमबि बैंकले आफ्ना सेयरधनीलाई बाँकी रहेको लाभांश लैजान सूचना जारी गरेको छ । आर्थिक वर्ष २०६९–७० देखिको लाभांश बैंकमा थन्किएको भन्दै ३५ दिनभित्र लैजान सेयरधनीलाई अनुरोध गरेको छ । अबको ३५ दिनभित्र पनि लाभांश नलगे लगानीकर्ता संरक्षण कोषमा पठाइने बैंकको भनाई छ ।

 सेयरधनीले एनएमबि बैंकको सेयर रजिष्ट्रार कार्यालय नक्साल, काठमाडौंस्थित सेयर शाखामा सम्पर्क गरी लाभांश लिन सक्नेछन् । लाभांश लिन जाँदा सेयरधनीले आफ्नो परिचयपत्र पनि बोक्नुपर्नेछ । साथै, २०६८–६९ सम्मको बाँकी लाभांश बैंकले लगानीकर्ता संरक्षण कोषमा पठाएको छ । यस्तो लाभांश लिन लगानीकर्ता यही कोषको कार्यालयमा जानुपर्ने हुन्छ । 

Read More
  • Financial Notices