मूल्य संवेदनशीलतामा नेप्सेको खेल, एनसीसीको मूल्य समायोजन नभई कारोबार !


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
मूल्य संवेदनशीलतामा नेप्सेको खेल, एनसीसीको मूल्य समायोजन नभई कारोबार !

ठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्सेले) नेपाल क्रेडिट एण्ड कमर्स बैंंक(एनसीसीबी)को बोनस सेयर पश्चात मूल्य समायोजन गर्न चूक्दा लगानीकर्ताहरुको अलमलिएका छन् ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार एनसीसीबीले नेप्सेलाई प्रपर्ली चिठी नपठाउँदा बोनस सेयरपश्चात मूल्य समायोजन हुन नसकेको जिकिर छ । हामीले यस विषयमा प्रवक्ता पराजुलीलाई बुझ्ने प्रयास गर्दागर्दै नेप्सेले हतार हतारमा कारोबार नै रोकेको छ र हामीले एनसीसीबीको कारोबारका विषयमा ब्रोकरहरुलाई बुझ्दा नेप्सेले हाल कारोबार नै रोकेर बन्द गरिदिएको पुष्टि गरेका छन् ।

लगानीकर्ता दीपक दाहाल नेप्सेले आज बूक क्लोजका दिन मूल्य समायोजन नगरी कारोबार सुचारु गर्दा लगानीकर्ताहरुको मनोविज्ञानमा प्रत्यक्ष खेलवाड गर्ने फ्रन्टलाइन रेगुलेटर नेप्से बजार घटाउन उद्दत रहेको आरोप लगाउँछन् ।

Read More
  • MBL