सूर्या लाइफको भदौ ८ बाट ७०% हकप्रद खुल्ने, यसरी गर्नुहोस् आवेदन


Nepali Paisa 2076-4-26


Nepali Paisa

काठमाडौं  : सूर्या लाइफ इन्सुरेन्सले भदौ ८ गतेबाट ७०% हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १०ः७  अनुपातमा ८८ लाख ७४ हजार ९६ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । असोज १२ गतेसम्म यस हकप्रदमा आवेदन दिन सकिनेछ । 
 

यसमा साउन २८ गतेसम्म मात्र कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । यो हकप्रदमा एनआइसी एसिया क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । सूर्या लाइफले हाल कायम १ अर्ब १३ करोड १९ लाख रुपैयाँ पुँजीको १०ः७ अनुपातमा ७९ लाख २३ हजार ३०० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।  कम्पनीले यही पुँजीबाट अघिल्लो वर्षको नाफाबाट १२% बोनस वितरण पनि गरिसकेको छ । १२% बोनस र ७०% हकप्रदपछि चुक्ता पुँजी २ अर्ब ६ करोड ५८ हजार रुपैयाँ पुग्नेछ । सूर्याले बिमा समितिले तोकेको न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन हकप्रदको बाटो रोजेको हो । 

Read More
  • Financial Notices