एनएमबि बैंकको मंगलबार विशेष साधारण सभा, ओमसँग मर्ज प्रस्ताव अनुमोदन प्रमुख एजेन्डा


Nepali Paisa 2076-4-24


Nepali Paisa

काठमाडौं : एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंक मर्ज गर्ने प्रस्ताव अनुमोदन गर्न मंगलबार (साउन २८ मा) विशेष साधारण सभा डाकेको छ । सभामा गाभ्ने–गाभिने सम्बन्धमा सञ्चालक समितिले गरेका निर्णयहरु अनुमोदन गरिनेछ । एनएमबिले ओमलाई १००ः७६ अनुपातमा गाभ्ने भनिए पनि विशेष साधारण सभाको सूचनामा यससम्बन्धमा केही पनि खुलाइएको छैन । यद्दपि, सम्बद्ध अधिकारीहरुका अनुसार सेयर स्वापः अनुपात १००ः७६ नै हुनेछ । 

सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको हल (स्टाफ कलेज) जावलाखेलमा बिहान १० बजे सुरु हुनेछ । मर्जरका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकले असार ८ गते सैद्धान्तिक सहमति दिएको थियो । सोही अनुरुप दुवै बैंकले सभा डाकेका हुन् । ओमले भने सोमबार (साउन २७ मा) विशेष साधारण सभा बोलाइसकेको छ । 

सभामा एनएमबि र ओम मर्जपछि अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र संशोधन गर्ने जिम्मा सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ । लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्ने विषय पनि छ । एनएमबिले सेयर ब्रोकरको काम पनि गर्ने भएको छ । यसका लागि प्रबन्धपत्रमा आवश्यक बुँदा थप गर्ने प्रस्ताव पनि छ । 

Read More
  • Financial Notices