नेपाल इन्सुरेन्सको ७.५०% बोनसमा मूल्य समायोजन, आइतबार कतिमा खुल्छ कारोबार ?


Nepali Paisa 2076-4-24


Nepali Paisa

काठमाडौं : नेपाल इन्सुरेन्सको ७.५०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि आइतबार कम्पनीको सेयर कारोबार ३२१ रुपैयाँ ८६ पैसालाई आधार मानेर खुल्नेछ । नेपाल इन्सुरेन्सले ७.५% बोनस सेयर प्रस्ताव पारित गर्न भदौ ८ गते साधारण सभा डाकेको छ । यसका लागि कम्पनीले शुक्रबार (साउन २४ गते) बुक क्लोज गरेको छ । यसर्थ, साउन २३ गते बिहीबारसम्म कायम सेयरधनीले बोनस सुरक्षित गर्न सक्नेछन् । 
 

यो बोनस सेयरमा लाग्ने कर भने सेयरधनी आफैले तिर्नुपर्नेछ । साधारण सभा एयरपोर्ट होटल सिनामंगल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति सम्बन्धी विषयमा निर्णय गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि पेश हुनेछ । 

Read More
  • Financial Notices