काठमाडौँ । सरकारी निकायबिच एक आपासमा समन्वय नगरी काम गर्दा काठमाडौँ उपत्यकाभित्र विछ्याइएका खानेपानीको पाइप लाइनमा क्षति भएको पाइएको छ ।
महालेखापरीक्षकको कार्यालयले तयार पारेको ६३औँ वार्षिक प्रतिवेदनअनुसार अन्तर निकायबिच समन्वय नगरी काम गर्दा खानेपानी लाइनमा रु ६ करोड ५९ लाख ६८ हजार बराबरको क्षति भएको पाइएको छ । क्षति भएको रकम बराबरको शोध भर्ना लिनुपर्नेमा त्यस वापतको रकम प्राप्त हुनसकेको छैन ।









