काठमाडौं : सरकारले पेट्रोलियम पदार्थमा लाग्ने कर घटाउने निर्णयसँगै उपभोक्ताको चासो बढेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले पेट्रोलियम पदार्थमा भन्सारमा लाग्ने शुल्क र पूर्वाधार करमा ५० प्रतिशत छुट गर्ने निर्णय गर्यो। यो निर्णयसँगै बजारमा अब इन्धनको मूल्य घट्ने उपभोक्ताको बुझाइ हो।
सरकारले गरेको निर्णय नेपाल आयल निगमले किन्ने बेलामा भएको घाटा कम गर्नका लागि भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका निमित्त सचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदी बताउँछन्। ‘सरकारले किनेको तेलमा धेरै भन्सार लागेर महँगो भएको आम बुझाइ छ। यसलाई सम्बोधन गरेको हो। तर, यो निर्णयले तत्काल व्यक्ति–व्यक्तिमा देखिने गरी प्रभाव नपर्ने जस्तो देखिन्छ।







