लुम्बिनी विकास बैंक : कम्पनी विश्लेषण


Aarthik Abhiyan 2076-4-23


Aarthik Abhiyan

लुम्बिनी विकास बैंकले अघिल्लो आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारणसभाका लागि बुधवारदेखि बुक क्लोज गरेको छ । साउन २८ गते बिहान ११ बजे कालिकास्थान, काठमाडौंमा सभा शुरू हुनेछ । बैंकले शेयरधनीका लागि सोही वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीका आधारमा १७ दशमलव शून्य ७ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको छ । बुधवार नेप्सेले उक्त बोनसपछिको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले समायोजनपछि शेयरमूल्य रू. १७५ दशलमव ११ तोकेको छ । बुधवार शेयर कारोबार रू. १७६ मा शुरू भएर न्यूनतम रू. १६८ देखि अधिकतम रू. १७६ सम्म कारोबार भई अन्तिम मूल्य रू. १७४ कायम भएको छ । हाल बैंकको चुक्ता पूँजी रू. २ अर्ब २० करोड ९७ लाख ६६ हजार छ । सोही पूँजीको आधारमा कम्पनीले बोनस वितरण गर्ने तयारी गरेको हो । 

कम्पनीको ६६ दिनको कारोबार अवधिको अन्तिम दिनमा ड्रागनलाई डोजी बियरिश आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बियरिशमा रिभर्स हुने संकेत गर्छ । आरएसआई ओभरसोल्ड जोन २४ दशमलव २६ विन्दुमा छ । यसले शेयर विक्री चाप बढेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १३ दशमलव २४ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा १४ दिनेभन्दा तल र २६ दिनेभन्दा तल छ । बुधवारको शेयरमूल्य रू. १७४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २०८ मा प्रतिरोध पाउने देखिन्छ । ६४ दिनको कारोबार अवधिमा बुधवारको मूल्य हालसम्मकै कम हो ।

View detail