नेपाल इन्सुरेन्सको ७.५% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम मौका, भदौ ८ मा एजीएम


Nepali Paisa 2076-4-23


Nepali Paisa

काठमाडौं : नेपाल इन्सुरेन्सको ७.५% बोनस सेयर सुरक्षित गर्ने आज (साउन २३ गते) अन्तिम दिन हो । भदौ ८ गते साधारण सभा डाकेको कम्पनीले शुक्रबार (साउन २४ गते) बुक क्लोज गर्दैछ । यसर्थ, बिहीबारसम्म कायम सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने बोनस सुरक्षित गर्न सक्नेछन् । 
यता, कम्पनीले बोनस सेयर प्रयोजनमा लाग्ने कर सेयरधनी आफैले तिर्नुपर्ने जनाएको छ । यसर्थ, बोनसमा लाग्ने कर तिर्ने झन्झट भने सेयरधनी आफैंले व्यहोर्नुपर्नेछ ।
सभा एयरपोर्ट होटल सिनामंगल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।  सभामा आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदनसहित २०७५ असार मसान्त सम्मको वासलात लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि पेश गरीनेछ । 

Read More
  • Financial Notices