सांग्रिला डेभलपमेन्ट बैंकद्वारा फरक क्षमता भएका व्यक्तिका लागि वित्तीय साक्षरता कार्यक्रम


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा फरक क्षमता भएका व्यक्तिका लागि वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकले फरक क्षमता भएका व्यक्तिहरूलाई लक्षित गर्दै वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

नेपाल बहिरा संघसँगको समन्वयमा चैत ८ गते काठमाडौंमा आयोजित उक्त कार्यक्रममा ४० जना सहभागी रहेका थिए। कार्यक्रममा प्रशिक्षक विनोद नरसिंह श्रेष्ठले आम्दानी व्यवस्थापन, बचत, वित्तीय सुरक्षा, बैंकिङ कारोबार, डिजिटल साक्षरता, स्मार्ट मनि, लगानी, प्रतिफल तथा जोखिम व्यवस्थापनलगायत विषयमा प्रशिक्षण दिएका थिए।

कार्यक्रममा सांकेतिक भाषा दोभाषे उमा पौडेल र प्रकाश महर्जनले सहजीकरण गरेका थिए। समापन समारोहमा राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष सन्तोष केसीले कार्यक्रम उपयोगी रहेको उल्लेख गर्दै यस्ता तालिमलाई थप विस्तार गर्न बैंक तथा वित्तीय संस्थासँग सहकार्य भइरहेको जानकारी दिए।

बैंकका अनुसार, हाल सांग्रिला डेभलपमेन्ट बैंकले देशभर १०९ शाखा र ३० एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीलाई प्राथमिकतामा राख्दै बैंकले आगामी दिनमा सेवा विस्तारलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

  • MBL - below news