कर्णालीमा पहिलोपटक १३२ केभीको प्रसारण लाइनबाट बिजुली


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कर्णालीमा पहिलोपटक १३२ केभीको प्रसारण लाइनबाट बिजुली

झन्डै चार दशक पुरानो ३३ केभीको विद्युत लाइन विस्थापित गर्दै हालसालै कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याएको छ।

योसँगै अब कर्णालीमा पनि विद्युतबाट संचालन हुने ठूला उद्योगहरु खोल्न मार्ग प्रशस्त भएको छ। कमजोर विद्युत प्रसारण लाइनकै कारण हालसम्म कर्णालीमा विद्युतबाट चल्ने एउटा पनि ठूला उद्योगहरु स्थापना हुन सकेको थिएन।

कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण आयोजना कार्यालय सुर्खेतका प्रमुख रविकुमार चौधरीले प्रसारण लाइन सञ्चालनमा आएसँगै अब कर्णाली प्रदेशमा पनि विद्युतबाट चल्ने ठूला उद्योग सहजै खोल्न सकिने बाटो खुलेको बताए।

Read More
  • MBL - below news
  • EBL Ad news