काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको सेयर सूचीकरण गर्दा स्थापित अभ्यास नै परिवर्तन गर्ने कार्यमा जुटेका नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईंविरुद्ध सम्पत्ति शुद्धीकरण अभियोगमा अनुसन्धान अघि बढाइएकोे छ ।
१५ दिनभित्र लिखित स्पष्टीकरण बुझाउन पत्राचार
तत्कालीन सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको उच्च व्यवस्थापनमा रहँदा चापागाईंले नक्कली बिमा पोलिसी जारी गरेर सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा उनीमाथि अनुसन्धान र कारबाही प्रक्रिया सुरु गरिएको हो । बिमा प्राधिकरणले नेप्सेका सीईओ चापागाईंसहित तत्कालीन सानिमा लाइफ इन्स्योरेन्सका तीन जना उच्चपदस्थ कर्मचारीलाई सम्पत्ति शुद्धीकरणको प्रयास गरेको देखिएको भन्दै स्पष्टीकरण सोधेर अनुसन्धान अघि बढाएको हो ।








