तामाकोशी ५ जलविद्युत् आयोजनाको लागत बढ्यो


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
तामाकोशी ५ जलविद्युत् आयोजनाको लागत बढ्यो

काठमाडौँ । तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गर्न लागेको तामाकोशी–५ जलविद्युत् आयोजनाको लागत उल्लेखनीय रूपमा बढेको छ । जसका कारण परियोजनामा वित्तीय जोखिम कायमै रहेको क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालको प्रतिवेदनले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रहेको यो कम्पनीले ९९ दशमलव ८ मेगावाट क्षमताको यो परियोजना निर्माण गर्दै छ । शुरूमा प्रति मेगावाट २१ करोड २० लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको लागत करीब १६ प्रतिशतले वृद्धि भई प्रति मेगावाट २४ करोड ६० लाख रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ । कम्पनीले  ६५:३५ ऋण–इक्विटी संरचनामा परियोजनामा लगानी गर्न लागेको हो । 

Read More
  • MBL - below news
  • EBL Ad news