लुम्बिनी विकास बैंकद्वारा श्री काजिमान हरीटिका माध्यमिक विद्यालयलाई खानेपानी टयाङ्की हस्तान्तरण


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
लुम्बिनी विकास बैंकद्वारा श्री काजिमान हरीटिका माध्यमिक विद्यालयलाई खानेपानी टयाङ्की हस्तान्तरण

लुम्बिनी विकास बैंक लि. ले आफ््नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत पुतलीबजार नगरपालिका–०३, कुमालगाउँ स्याङ्जा स्थित श्री काजिमान हरीटिका माध्यमिक विद्यालयको विद्यार्थी तथा शिक्षक लगायतलाई स्वच्छ खानेपानी सहजताको लागी मिती २०७६/०४/२१ गते यस विकास बैंकका संचालक समितीका अध्यक्ष श्री शुशील राज पराजुलीबाट उक्त विद्यालयका प्राचार्य श्री ओमप्रकाश शर्मालाई एक समारोहका बिच १५०० लि. क्षमता भएको खानेपानी टयाङ्की हस्तान्तरण गर्नुभयो।   

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै यस विकास बैंकका संचालक समितीका अध्यक्ष श्री शुशील राज पराजुलीले लुम्बिनी विकास बैंक लि. ले जिवन उपयोगी शिक्षाको ज्योती फैलाउदै समग्र देशको समुन्नतीको लागी योग्य जनशक्तिको आधार तयार गर्दै आएका यस किसिमका विद्यालयहरुलाई विभिन्न किसीमले सक्दो सहयोग गर्दै जाने बताउनु भयो । 
“निरन्तर सहयात्रा” भन्ने नाराका साथ बैंकले देशभर ६५ शाखा र १३ वटा ए. टि. एम का साथै मोबाईल बैंकिङ्ग र ईन्टरनेट बैंकिङ्ग मार्फत सेवा दिइरहेको छ ।  
 

Read More
  • MBL