लक्ष्मी बैंकको खुद नाफा ३३.४३%ले वृद्धि हुँदा अन्य सूचकको कस्तो छ अवस्था ?


Artha Sarokar 2076-4-22


Artha Sarokar

 

काठमाडौं - लक्ष्मी बैंकले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा ३३.४३%ले वृद्धि गरी १ अर्ब ५७ करोड ६० लाख रुपैयाँ कमाएको छ । गत वर्षको यहि अवधिमा बैंकले खुद नाफा १ अर्ब १८ करोड १० लाख ९१ हजार रुपैयाँ कमाएको थियो । यस अवधिमा वितरण योग्य नाफा १ अर्ब १५ करोड ६१ लाख ९० हजार रुपैयाँ रहेको छ ।

 

संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: ३०.५४% र ३६.८१% बढेको छ । संस्थाको खुद ब्याज आम्दानी ३ अर्व ४ करोड ४६ लाख ४१ हजार रुपैयाँ आर्जन गरेको छ । साथै, सञ्चालन नाफा १ अर्व ६८ करोड ३० लाख ७६ हजार रुपैयाँबाट बढेर २ अर्व ३० करोड २६ लाख १९ हजार रुपैयाँ पुगेको छ । 

Read More
  • Financial Notices