प्रविधिको विकाससँगै मोबाइल फोन स्मार्टफोन बनिसकेको छ, जसका कारण क्यामरा, कम्प्युटर, घडी, क्याल्कुलेटर मात्र होइन, घरको टिभीदेखि वासिङ मेसिनसम्म र घरमा जडान गरिएको सिसिटिभीसमेत विश्वको कुनै पनि कुनामा बसेर हेर्न र नियन्त्रण गर्न सकिन्छ । त्यति मात्रै होइन पछिल्लो समयमा डिजिटल पेमेन्ट सिस्टम पनि स्मार्टफोनमा आएपछि कुनै झन्झटविना तुरुन्तै फोन रिचार्ज, पानी बिजुलीको बिल भुक्तानीदेखि रेस्टुरेन्टमा खाएको बिलसम्म तिर्न सकिने भएको छ । साथै, हवाईजहाजको टिकटसमेत किन्न सकिनेलगायत सुविधासमेत थपिइसकेको छ ।
इलेक्ट्रोनिक पेमेन्टलाई अझ सहज बनाउन थप महत्वपूर्ण माध्यम बनेको छ, नेपाल बैंकको मोबाइल एप, एनबिएल स्मार्ट । डिजिटल वालेटका रूपमा काम गर्ने नेपाल बैंकको स्मार्ट मोबाइल बैंकिङ सुविधाले हरेकपल ग्राहकले बैंकभित्रै रहेको र आफ्नो काम भइरहेको महसुस गर्न सक्छन् । यसले गर्दा धेरैले खल्तीमा धेरै रकम बोकेर किनमेल गर्न जानुपर्नेदेखि विभिन्न ठाउँमा बिल तिर्न लामो लाइन बस्नुपर्ने समस्याबाट मुक्ति पाएका छन् ।
कसरी डाउनलोड गर्न सकिन्छ ?
एनआइबिएल बैंक स्मार्ट बैंकिङ एप एन्ड्रोइडको प्लेस्टोर र एप्पलको एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ । त्यसपछि यसले मागेअनुसारको मोबाइल नम्बर, इमेल एड्रेस, बैंक खाता नम्बरलगायतका विवरण भरेर भरिफिकेसन भएपछि यसलाई चलाउन सकिन्छ । बैंक एकाउन्टसँग कनेक्ट गरेपछि यसमा बैंकबाट सीधै रकम थप्नेलगायतका विभिन्न क्षेत्रका भुक्तानी सहजै गर्न सकिन्छ ।
बैंकको विश्वास
लेखनाथ भुसाल मुख्य प्रबन्धक, नेपाल बैंक लिमिटेड
अहिलेको प्रविधिको जमानामा हाम्रा उपभोक्तालाई पनि प्रविधिमार्फत बैंकसँग जोड्नु ठूलो कुरा रहेन । स्मार्टफोनबाटै उपभोक्ता बैंकसँग जोडिऊन् र त्यसैमार्फत धेरैभन्दा धेरै सुविधा दिन सकियोस् भनेर हामीले सकेसम्म बढी सुविधा राखेर स्मार्ट मोबाइल बैंकिङ सेवा ल्याएका हौँ । एन्ड्रोइडको प्लेस्टोरका साथै आइफोनको एपस्टोरबाट पनि यो एप डाउनलोड गर्ने सुविधा दिएपछि सुविधा लिने ग्राहकको संख्या बढ्दै गएको छ । पहिलो र सबैको मनमा बस्न सफल बैंकका रूपमा ग्राहकले यो बैंकलाई लिँदै आएकोमा स्मार्ट मोबाइल बैंकिङमार्फत विभिन्न आधुनिक सेवा र सुविधा पाएपछि नेपाल बैंकले पाउँदै आएको माया र विश्वास बढिरहेको छ र अझ बढ्छ भन्नेमा हामी विश्वस्त छौँ ।
तथ्य
नेपालकै पहिलो बैंकका रूपमा नेपाल बैंक विसं. १९९४ कात्तिक ३० गते स्थापना भएको हो । तत्कालीन राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमशेरको पालामा स्थापना भएको बैंक अहिले ‘पायोनियर बैंक विथ कस्टुमर सर्भिस एक्सेलेन्स’ भन्ने नाराका साथ सञ्चालनमा रहेको छ । बैंकको प्रत्येक प्रदेशमा प्रदेश कार्यालयसहित १६९ शाखा सञ्चालनमा रहेका छन् । हाल करिब १६ लाख ग्राहक रहेको बैंकले एनबिएल बैंक स्मार्ट मोबाइल बैंकिङ सुविधाअन्तर्गत करिब ३ वर्षअघिदेखि मोबाइल एप सञ्चालनमा ल्याएको हो ।
एपमा उपलब्ध सुविधा
- ३० दिनसम्मको स्टेटमेन्ट
- रजिस्टर भएको मोबाइलमा रकम ट्रान्सफर
- ट्रान्जेक्सन एलर्ट
- लोन पेमेन्ट एलर्ट
- विभिन्न किसिमका बिल भुक्तानी
- मोबाइल रिचार्ज
- इसेवामा रकम थप्ने
- विदेशी मुद्रा विनिमयदर तथा सेयर मूल्य
विशेषता
- सेल्फ रजिस्ट्रेसन
- प्राप्त ब्याजको मासिक ग्राफ
- जिसिएम रिमाइन्डर
- क्युआर कोड स्क्यानर
- पासवर्ड रिसेट सुविधा
- बायोमेट्रिक लगइन
- सेल्फ सेटअप पासवर्ड
- लिंक्ड एकाउन्ट्स
- स्टोर्ड इन्भोइस हिस्ट्री








