पाँच महिनामा विदेशी आम्दानी खर्चभन्दा धेरै, बाह्य कारोबार ४२१ अर्ब बचतमा


पाँच महिनामा विदेशी आम्दानी खर्चभन्दा धेरै, बाह्य कारोबार ४२१ अर्ब बचतमा

चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा नेपालले विदेशबाट पाउने आम्दानी खर्चभन्दा धेरै भएको छ।

यस अवधिमा देशको बाह्य कारोबारबाट ३५८ अर्ब ८३ करोड रूपैयाँ बचत भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत १५८ अर्ब ४५ करोड रूपैयाँ मात्रै थियो।

डलरमा गणना गर्दा पनि विदेशी कारोबारको अवस्था सुधारिएको देखिन्छ।

अघिल्लो वर्ष पाँच महिनामा १ अर्ब १८ करोड डलरले बचतमा रहेको बाह्य आम्दानी–खर्चको अवस्था यस वर्ष सोही अवधिमा २ अर्ब ५४ करोड डलरले बचतमा पुगेको छ।

Read More