सनराइज बैंकको ३८ औं शाखारहित बैंकिङ्ग सेवा झापाको हलदीबारीमा


Mero Lagani 2076-4-21


Mero Lagani

सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ झापा जिल्लाको हलदीबारी गाउँपालिका वडा नं २,मा ३८ औंशाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ। हलदीबारी गाउँपालिकाको अध्यक्ष, रबिन्द्र लिङ्घदेन र बैंकको प्रादेशिक कार्यालय १ प्रमुख विवेक कुमार निरौलाले एक समारोहका बीच हलदीबारीमा शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका हुन्।

सो समारोहमा हलदीबारी गाउँपालिकाको अध्यक्ष, रबिन्द्र लिङ्घदेनले शाखा रहित बैंकिङ्ग सेवाको एजेन्ट-प्रतिनिधि सर्वधनतामाङ्घलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे।

हालसम्म सनराइज बैंकले ११५ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३३ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

View detail