सिभिल बैंकको मोरङको उर्लाबारीमा शाखा



Mero Lagani

सिभिल बैंक (CBL) ले मोरङ जिल्लाको उर्लाबारीमा शाखा सञ्चालनमा ल्याएको छ। “समृद्धिको लागिसिभिल बैंक” भन्ने नाराका साथ अगाडि बढेको यस बैंकले ग्राहकहरुको सुविधाका लागि शाखा विस्तारमा जोड दिँदै आइरहेको छ।

उर्लाबारीमा शाखाको उद्घाटन उर्लाबारी नगरपालिकाकानगर प्रमुख खड्ग बहादुर फागोले गरेका हुन्।

उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्रियप्रबन्धक सन्तोष कुमार बुढाथोकी, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो।

Read More
  • Financial Notices