एनएमबि बैंकले अनलाइन कर्जा ट्र्याकिङ सुविधा सुरु गरेको छ, जसबाट ग्राहकले कर्जा आवेदनको अवस्था वास्तविक समयमा थाहा पाउन सक्नेछन्।
बैंकका अनुसार व्यक्तिगत तथा साना र मझौला उद्यम (MSME) कर्जाका लागि आवेदन दिएका ग्राहकले अब आवेदनको प्रगतिबारे जानकारी लिन बैंक शाखामा जानु वा फोन गर्नुपर्ने आवश्यकता रहने छैन। आवश्यक कागजात पेश गरेपछि ग्राहकलाई एक ‘ट्र्याकिङ नम्बर’ प्रदान गरिनेछ, जसको प्रयोग गरी बैंकको वेबसाइटको डिजिटल बैंकिङ खण्डमा रहेको ‘अनलाइन कर्जा ट्र्याकिङ’ विकल्पमार्फत वा सिधै digi.nmb.com.np/loan-tracker मा गई कर्जा प्रक्रिया कुन चरणमा पुगेको छ भन्ने जानकारी लिन सकिनेछ।
यस सुविधाले कर्जा प्रक्रियालाई थप सहज र पारदर्शी बनाउने बैंकको विश्वास छ।
एनएमबि बैंकले हाल देशभर २०२ वटा शाखा, १८४ वटा एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ।







