लुम्बिनी विकास बैंकको १७.०७% बोनस सुरक्षित गर्ने आज अन्तिम दिन


Nepali Paisa 2076-4-21


Nepali Paisa

काठमाडौं : लुम्बिनी विकास बैंकको १७.०७% बोनस सुरक्षित गर्ने मंगलबार (साउन २१ गते) अन्तिम दिन हो । साउन २८ गते साधारण सभा गर्न बैंकले बुधबार (साउन २२ गते) देखि बुक क्लोज गर्दैछ । लुम्बिनीले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट ३७ करोड ७१ लाख ९७ हजार २३६ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो । 
साधारण सभा अमृतभोग कालिकास्थान काठमाडौंमा, बिहान ११ बजे सुरु हुनेछ । बैंकले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अर्को प्रस्ताव पनि पेश गर्दैछ । त्यस्तै, आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन लगायत अन्य विवरणहरु पारित गर्ने प्रस्ताव पनि पेश हुनेछ । आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेको छ 

View detail