कोष व्यवस्थापन कम्पनीले १०.५२% लाभांश पारित, पूँजी वृद्धि प्रस्ताव पनि अनुमोदित


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कोष व्यवस्थापन कम्पनीले १०.५२% लाभांश पारित, पूँजी वृद्धि प्रस्ताव पनि अनुमोदित

काठमाडौँ । कोष व्यवस्थापन कम्पनी लिमिटेडले आफ्नो नवौं वार्षिक साधारण सभा सम्पन्न गर्दै १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ।

कम्पनीका अनुसार साधारण सभाले व्यवसाय विस्तारका लागि आवश्यक शेयर पूँजी वृद्धि सम्बन्धी प्रस्ताव पनि पारित गरेको छ।

सभामा अध्यक्ष सुशिल हुमागाईंले कम्पनीको वर्तमान उपलब्धि, आगामी योजनाहरू तथा रणनीतिबारे जानकारी दिँदै निरन्तर साथ–सहयोगका लागि शेयरधनीहरूप्रति आभार व्यक्त गरे।

सभाले सञ्चालक समिति पुनर्गठन गर्दै दिल बस्नेतलाई नयाँ सञ्चालकका रूपमा निर्विरोध चयन गरेको छ।

साधारण सभामा बोल्दै कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले कोष व्यवस्थापन कम्पनीको पारदर्शिता र प्रगतिशील कार्यशैलीको प्रशंसा गर्दै पूँजी वृद्धि योजना कम्पनीको सुदृढताका लागि महत्वपूर्ण रहेको टिप्पणी गरे।

साधारण सभामा वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा आगामी वर्षका योजनाहरूसमेत प्रस्तुत गरी पारित गरिएको कम्पनीले जनाएको छ। कम्पनीले दिगो र जिम्मेवार लगानी व्यवस्थापनमार्फत शेयरधनीहरूलाई निरन्तर प्रतिफल प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

  • MBL - below news