कृषि तथा पशुपन्छी क्षेत्रमा छ अर्ब सतसट्ठी करोडको क्षति


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कृषि तथा पशुपन्छी क्षेत्रमा छ अर्ब सतसट्ठी करोडको क्षति
  • धानको उत्पादन पाँचदेखि सात प्रतिशत घट्ने 

काठमाडौँ, मङ्सिर १६ गते । यस वर्षका दुई महिनामा आएको वर्षा, बाढीपहिरो र डुबानका कारण छ अर्ब ६७ करोड २८ लाख रुपियाँभन्दा बढीको क्षति भएको छ । गत असोजको दोस्रो साता र कात्तिकको पनि दोस्रो साताकै बाढीपहिरोले कृषि तथा पशुपन्छी क्षेत्रमा त्यस्तो क्षति पुगेको हो ।

यसबाट धानको उत्पादनमा मात्र पाँचदेखि सात प्रतिशतसम्म घट्ने अनुमान गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत कात्तिक १५ देखि १७ सम्मको वर्षाका कारण कृषि तथा पशुपन्छी क्षेत्रमा दुई अर्ब ९१ करोड १६ लाख रुपियाँ बराबरको क्षति भएको छ । यस्तै गत असोज १७ देखि १९ सम्मको वर्षाका कारण तीन अर्ब ७६ करोड १२ लाख ५२ हजार रुपियाँ बराबरको क्षति भएको थियो । 

Read More
  • MBL - below news