'सेकेन्ड ह्याण्ड' समान किनबेच हुने 'हाम्रो बजार डटकम'मा कसले विक्रीमा राख्यो सेन्चुरी बैंकको प्रमोटर सेयर ?


Artha Sarokar 2076-4-21


Artha Sarokar

 

काठमाडौँ । कसैले 'जोक' गर्दैछ ? वा यो अज्ञानता हो ? राख्नेले नै बुझुन् । तर हाम्रो बजार डटकम नामक अनलाइन जहाँ सेकेन्ड ह्याण्ड समानको किनबेच हुन्छ, त्यहाँ सेन्चुरी बैंकको प्रमोटर सेयर बेच्न राखिएको पाइएको छ । ब्रोकरको सहायताविना एकातर्फ किनबेच नै नहुने सेयरलाई यसरी भ्रमित पार्ने गरी राखिएको यस्ता विज्ञापनले सेयर बजारका बारेमा ज्ञान नहुनेहरुलाई थप भ्रममा पार्ने पक्का छ । 

 

सेन्चुरी बैंकको प्रमोटर सेयर हाम्रो बजार नामक अनलाइनमा राख्ने व्यक्तिले आफ्नो फोन नम्बर पनि दिएका छन् । हामीले यस्तो काम गर्ने को रहेछन् त ? भनेर फोन गर्यौं । फोन उठेन, बरु दुइ घन्टीमा काटियो । तर 'ट्रु कलर'मा उनको नाम निरज केसी देखियो । उनले उक्त सेयरको मूल्य अहिले घटेर १३० भएको र पहिला १५० रहेको थियो भन्नेसमेत उल्लेख गरेका छन् । अझ हाँसउठ्दो कुरा त के छ भने उनले उक्त सेयर एक बर्ष प्रयोग गरेको भनी उल्लेख गरेका छन् । उक्त सेयरको मूल्यमा 'नेगोसिएसन' गर्नसमेत सकिने उनले उल्लेख गरेका छन्।  

Read More
  • Financial Notices