कृषि विकास बैंकले महंगो निक्षेप लिएर पनि यसरी मार्यो प्रगतिको ठूलो फड्को


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
कृषि विकास बैंकले महंगो निक्षेप लिएर पनि यसरी मार्यो प्रगतिको ठूलो फड्को

बहुमत सरकारी स्वामित्व रहेको कृषि विकास बैंक(ADBL)ले आकर्षक प्रगति गरी गत वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकमा लामो समय क्रियाशील रहेका अनिल उपाध्यायले नै बैंकको प्रमुख कार्यकारीको जिम्मेवारी सम्हालेपछि बैंकमा अभुतपूर्व सुधारको सम्भावना देखिएको हो। 

सरकारी बैंक भए पनि महंगो निक्षेप परिचालन गरी आधार दर उच्च हुँदाहुँदै बैंकले ब्याज आम्दानी र संचालन नाफा बढाई आकर्षक वित्तीय विवरण प्रकाशन गरेको छ।

कर्मचारी खर्च घटाउनुका साथै निस्क्रिय कर्जा अनुपातमा समेत कमी ल्याउन सक्नु बैंकको सबैभन्दा ठूलोे सफलता हो। 

कृषि विकास बैंकले गत आर्थिक वर्षमा चार अर्ब ३५ करोड ३२ लाख खुद नाफा तथा ३ अर्ब ३१ करोड १३ लाख वितरणयोग्य नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको नाफा १९.१७ प्रतिशत र वितरणयोग्य नाफा ७.८२ प्रतिशतले बढेको छ।

सरकारको अग्राधिकार शेयर सहित बैंकको चुक्ता पूँजी १४ अर्ब ४४ करोड ८२ लाख पूँजी रहेको बैंकमा ९ अर्ब एक करोड ५५ लाख २९ हजार साधारण र ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ सरकारको अग्राधिकार शेयर छ।

...........

Read More
  • MBL