सामाजिक उत्तरदायित्व अन्तर्गत एभरेष्ट बैंकद्वारा टिच फर नेपाललाई सहयोग


Banking Sansar 2076-4-20


Banking Sansar

काठमाडौं - एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टिच फर नेपाललाई सहयोग गरेको छ । टिच फर नेपालले विगत २ वर्षदेखि शिक्षामा विद्यमान असमानता अन्त्य गर्न शैक्षिक कार्यक्रम गरिरहेको उल्लेख गरेको छ । सोही अनुरुप शैक्षिक कार्यक्रमहरुमा सहयोग गर्ने उद्देश्यले बैंकले सहयोग गरेको जनाएको छ ।

नेपालका सरकारी तथा सार्वजनिक विद्यालयमा शिक्षा, सरसफाइ तथा खानेपानीमा सहयोगका लागि बैंकले सहयोग गर्दै आएको बताएको छ । हालसम्म बैंकले ९४ वटा शाखा, २८ राजस्व संकलन काउन्टर र १ सय १९ एटीएम तथा बृहत बाह्य सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Read More
  • Financial Notices