हकप्रद निष्काशनको लागि सूर्या लाइफको बुक क्लोज मिति तय


Bizpati 2076-4-20


Bizpati

सुर्या लाइफ इन्स्योरेन्सले हकप्रद निष्काशनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि कम्पनीले  साउन २९ गते १ दिनको लागि बुकक्लोज गर्ने निर्णय गरेको हो। यस अनुसार साउन २८ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन्।

कम्पनीले १०:७ को अनुपातमा ७० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । अब कम्पनीले ८८ करोड ७४ लाख ९ हजार रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने छ ।

Read More
  • Financial Notices