- तिर्न बाँकी सरकारी ऋण २७ खर्ब ४३ अर्ब नाघ्यो, दुई महिनामा उठाइयो ६९ अर्ब १५ करोड, तिरियो ७८ अर्ब ६७ करोड
काठमाडौँ —गत भदौसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २७ खर्ब ४३ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । यो नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४.९२ प्रतिशत हो । गत असारसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो ।
तिर्न बाँकी सार्वजनिक ऋणमध्ये आन्तरिक १२ खर्ब ८१ अर्ब ८२ करोड (जीडीपीको २०.९९ प्रतिशत) र बाह्य १४ खर्ब ६१ अर्ब ५४ करोड रुपैयाँ (जीडीपीको २३.९३ प्रतिशत) रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बताएको छ ।
गत असार मसान्तको तुलनामा तिर्न बाँकी सार्वजनिक ऋण ६९ अर्ब ३२ करोड रुपैयाँ थपिएको हो । उक्त अवधिमा ७९ अर्ब १५ ऋण प्राप्ति हुँदा ७८ अर्ब ६७ करोड भुक्तानी भएको छ । भुक्तानी भएको कुल रकममध्ये ६५ अर्ब ७ करोड रुपैयाँ साँवा र बाँकी १३ अर्ब ६० करोड रुपैयाँ ब्याजका लागि खर्च भएको छ । ...







