आज असोज १० गते शुक्रबार, आश्विन शुक्लपक्ष चतुर्थी तिथि , कुन राशिको लागि कस्तो ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आज असोज १० गते शुक्रबार, आश्विन शुक्लपक्ष चतुर्थी तिथि , कुन राशिको लागि कस्तो ?

असोज १० गते शुक्रबार, आश्विन शुक्लपक्ष चतुर्थी तिथि                                         

मेष
व्यवसायिक क्षेत्रबाट अपेक्षित लाभ प्राप्त हुनेछ। आर्थिक प्रगति सम्भव रहेको यस समयमा लगनशीलता लाभदायक बन्नेछ।
 
वृष
नयाँ वस्तुको खरिद वा प्राप्तिको सम्भावना देखिन्छ। साथै, धन लगानीका लागि समय अनुकूल देखिन्छ।

मिथुन 
पर्यटन, होटल तथा वैदेशिक कार्यक्षेत्रमा संलग्न व्यक्तिहरूका लागि समय शुभ छ। प्रगतिको अवसर प्राप्त हुन सक्छ। 

कर्कट 
अत्यावश्यक खर्चमा वृद्धि हुने सम्भावना छ। व्यवसायमा चुनौती आइलाग्न सक्ने भएकाले सजग रहनु उपयुक्त हुनेछ। 

सिंह 
धन लगानीबाट उल्लेखनीय प्रतिफल प्राप्त हुने सम्भावना छ। योजनाबद्ध रुपमा अघि बढ्न सकेमा लाभ सुनिश्चित हुनेछ।  

कन्या 
आर्थिक लेनदेन लाभदायक बन्नेछ। आम्दानीका साथसाथै धन सञ्चय वा बचतमा समेत वृद्धि हुन सक्छ।

तुला 
मानसम्मान, पुरस्कार वा उपहार प्राप्तिको सम्भावनाले आत्मसन्तुष्टि मिल्नेछ। रोकिएका कार्यहरू पूरा हुनेछन् र आर्थिक क्षेत्र सुदृढ बन्ने संकेत छन्।

वृश्चिक 
लेनदेनमा कमजोरी देखिन सक्छ। अनावश्यक खर्च बढ्ने सम्भावना रहेकाले आर्थिक विषयमा विशेष सतर्कता आवश्यक हुनेछ।

धनु 
आम्दानीमा वृद्धि हुने र पारिवारिक वा आफन्तजनको सहयोगले कार्यहरू सहज बन्ने सम्भावना देखिन्छ।

मकर 
योजना सफल हुने संकेत छन्। आर्थिक लाभ प्राप्त हुने सम्भावनाले उत्साह बढाउनेछ।

कुम्भ 
कार्यसम्पादनमा सफलता प्राप्त हुनेछ। आम्दानी वृद्धिसँगै सामाजिक प्रतिष्ठा पनि बढ्ने संकेत छन्। 

मीन 
कार्यहरू बिग्रिन सक्ने तथा आर्थिक हानि हुन सक्ने समय भएकाले सावधानी अपनाउनु बुद्धिमानी हुनेछ।

  • MBL - below news