लक्ष्मी सन्राईज बैंकको अगुवाईमा ७० मेगावाटको दुधकोशी–२ जलविद्युत आयोजना लगानी सम्झौता


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लक्ष्मी सन्राईज बैंकको अगुवाईमा ७० मेगावाटको दुधकोशी–२ जलविद्युत आयोजना लगानी सम्झौता

काठमाडाैँ । लक्ष्मी सन्राईज बैंकको अगुवाइमा बैंक तथा वित्तीय संस्थाहरु र दुधकोशी हाइड्रोपावर नेपाल प्रा.लि.बीच ७० मेगावाट क्षमताको दुधकोशी–२ (जलेश्वर) जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता भएको छ।

असोज ७ गते भएको सम्झौताअनुसार सोलुखुम्बु जिल्लामा दुधकोशी नदीमा निर्माण हुने यो अर्धजलासय आयोजनाको कुल लागत करिब १५ अर्ब रुपैयाँ रहनेछ। सहवित्तीयकरणमार्फत परियोजना लागतको ७० प्रतिशत लगानी सहभागी बैंकहरुले गर्नेछन् भने बाँकी ३० प्रतिशत रकम कम्पनीका प्रवद्र्धकले जुटाउने भएका छन्।

यस सहवित्तीयकरणमा लक्ष्मी सन्राईज बैंक नेतृत्वकर्ताका रूपमा, एभरेष्ट बैंक सह–अगुवा बैंकका रूपमा र सानिमा बैंक सदस्य बैंकका रूपमा सहभागी भएका छन्। कूल परियोजना वित्तीयकरण १० अर्ब ५० करोड रुपैयाँ रहने अनुमान छ।

दुधकोशी–२ आयोजनाले २०७७ साल असोज ७ गते विद्युत विकास विभागबाट उत्पादन अनुमति प्राप्त गरेको थियो। त्यसपछि २०७८ मंसिर ६ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद–बिक्री सम्झौता समेत गरेको छ।

परियोजनाका प्रवद्र्धकमध्ये आयु मलुन हाइड्रोपावर लिमिटेड, कदम केसी, किरण मल्ल, अभिज्ञा मल्ल, विक्रम गौतम, विकास गौतम, अरुण अग्रवाल, नरेन्द्र गुप्ता, डा. हिमाल भट्टराई तथा विभिन्न प्राइभेट इक्विटी भेन्चर क्यापिटल रहेका छन्।

आयोजना सन् २०२९ जुलाईभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माण सम्पन्न भएपछि वार्षिक करिब ४१७ गिगावाट आवर विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुने र यो आयोजना स्वतन्त्र उर्जा उत्पादकहरूमा महत्वपूर्ण योगदान गर्ने बताइएको छ।

  • MBL - below news