लुम्बिनीको १७.०७% बोनस सुरक्षित गर्ने मंगलबार अन्तिम दिन, साउन २८ मा एजीएम


Nepali Paisa 2076-4-19


Nepali Paisa

काठमाडौं : लुम्बिनी विकास बैंकको १७.०७% बोनस सुरक्षित गर्ने मंगलबार (साउन २१ गते) अन्तिम दिन हो । साउन २८ गते हुने साधारण सभा प्रयोजनको लागि बैंकले बुधबार (साउन २२ गते) देखि बुक क्लोज गर्दैछ । यसर्थ मंगलबार सम्म कायम सेयधनीले मात्र बोनस सुरक्षित गर्नेछन् ।

लुम्बिनीले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट ३७ करोड ७१ लाख ९७ हजार २३६ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो । नियामक केन्द्रीय बैंकले लुम्बिनीको बोनस सेयर स्वीकृत गरिसकेको छ । साधारण सभा अमृतभोग कालिकास्थान काठमाडौंमा, बिहान ११ बजे सुरु हुनेछ । बैंकले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अर्को प्रस्ताव पनि पेश गर्दैछ । 

त्यस्तै, आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि पेश हुनेछ । आर्थिक वर्ष २०७५/७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेको छ । अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ । 

 

View detail