सिटिजन्स बैंकको कोशी प्रदेश सेमिनार : चालु वर्षका प्राथमिकतामाथि छलफल


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सिटिजन्स बैंकको कोशी प्रदेश सेमिनार : चालु वर्षका प्राथमिकतामाथि छलफल

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोशी प्रदेशका कर्मचारीको सहभागितामा नेतृत्व र कार्यसम्पादन उन्नयनसम्बन्धी सेमिनार सम्पन्न गरेको छ।

कोशी लिडरसिप : इन्स्पायरिङ पर्फरमेन्स एण्ड अचिभिङ एक्सिलेन्स’ शीर्षकमा आयोजित उक्त कार्यक्रममा प्रदेश प्रमुख, क्लस्टर हेड, शाखा प्रबन्धक तथा अन्य कर्मचारीको सक्रिय उपस्थिति रहेको बैंकले जनाएको छ।

सेमिनारमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, उप–प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ व्यवस्थापन टोलीको सहभागिता थियो। कार्यक्रममा गत आर्थिक वर्षको कार्यसम्पादन समीक्षा तथा चालु आर्थिक वर्षका प्राथमिकतामाथि व्यापक छलफल गरिएको बैंकले जानकारी दिएको छ।

यस्तै, केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ गर्ने उपायहरूबारे समेत विचारविमर्श गरिएको थियो। बैंकले यसअघि मधेश र बागमती प्रदेशमा पनि यस्तै खालको सेमिनार आयोजना गरिसकेको छ।

  • MBL - below news