नेपाल एसबीआई बैंक : कम्पनी विश्लेषण (आइतवार, १९ साउन २०७६)


Aarthik Abhiyan 2076-4-19


Aarthik Abhiyan

नेपाल एसबीआई बैंकले गत आवको असार मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेको छ । बैंकले चौथो त्रैमासमा रू. २ अर्ब ३० करोड ३६ लाख नाफा कमाएको छ । बैंकको नाफा अघिल्लो आवको तुलनामा १३ दशमलव ८४ प्रतिशत बढी हो । बैंकको खुद ब्याज आम्दानी रू. ४ अर्ब ७४ करोड छ । सञ्चालन मुनाफा रू. ३ अर्ब १३ करोड छ । बैंकले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस र १० दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ । बैंकको ५ प्रतिशत बोनस वितरणपश्चात् चुक्तापूँजी रू. ८ अर्ब ४४ करोड ९२ लाख पुगेको छ । गत आवको चौथो त्रैमासको वित्तीय विवरणअनुसार बैंकको वितरणयोग्य नाफा रू. १ अर्ब ५९ करोड ६८ लाख  छ । बैंकको प्रतिशेयर आम्दानी वार्षिक रू. २७ दशमलव २६ छ । बिहीवार बैंकको शेयरमूल्य रू. ४६४ कायम भएको छ । 

Read More
  • Financial Notices