अमुदी फुड्स लिमिटेडले सर्वसाधारणमा शेयर निष्कासन गर्ने


  • KBL News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
अमुदी फुड्स लिमिटेडले सर्वसाधारणमा शेयर निष्कासन गर्ने

काठमाडौं – अमुदी फुड्स लिमिटेडले प्रतिशेयर अंकित मूल्य रु १०० का दरले २० लाख कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गर्ने भएको छ। यसका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। उक्त सम्झौतापत्रमा अमुडी फुड्स लिमिटेडका तर्फबाट अध्यक्ष अनुपद्वज चौधरी र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मम्पी प्रधानले हस्ताक्षर गरेका छन्।

अमुदी फुड्स लिमिटेड काठमाडौं महानगरपालिका–३२, कोटेश्वरमा अवस्थित छ र सन् २०१६ देखि ‘Un-n-Me’ ब्राण्ड अन्तर्गत विभिन्न स्न्याक्स तथा खाद्य उत्पादन गर्दै आएको छ। कम्पनीले Cheese Ring, Cheese Ball, Masala Munch, Pomess, Potato Chacker, Tangy Tomato Ring, Akabara Chaptape, Grand, Fire Ball, Mixed Dalmotha, Plain Bhujia, Any Time Dalmotha, Aloo Bhujia, Salted Peanuts लगायतका उत्पादन बजारमा उपलब्ध गराउँदै आएको छ।

उच्च गुणस्तरका उत्पादन र विस्तृत वितरण सञ्जालका कारण ‘Un-n-Me’ ब्राण्ड उपभोक्तामाझ लोकप्रिय बनेको कम्पनीको दाबी छ। कम्पनीले भण्डारण र वितरणका लागि विशेष रूपमा नेपालभरका प्रमुख सहरमा पहुँच विस्तार गरेको छ भने विदेशमा पनि निर्यातको सम्भावना बढाउँदै लगिएको छ।

यस आईपीओ मार्फत कम्पनीले पूँजी विस्तार, उत्पादन क्षमतामा वृद्धि र बजार विस्तारमा लगानी गर्ने योजना सार्वजनिक गरेको छ।

 

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad